फिल्म ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ‘झुसे बारुलो’ बोलको गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ। गीतको शब्द संगीत मिस्टर आरजेले तयार पारेका हुन्।
सार्वजनिक गीतको भिडियोमा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायतलाई फिचर गरिएको छ। भिडियोमा कविता नेपालीलाई पनि देखाइएको छ। भिडियोमा सौगात, अर्पण र अनुपलाई निकै भिन अवतारमा प्रस्तुत गरिएको छ। गीत र भिडियो दुबै औसत छ।
फिल्ममा शिव श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठ, शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतको पनि मुख्य भूमिका रहेको छ।
बैशाख १२ गतेलाई रिलिज मिति पक्का गरेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन्। मुकुन्द भट्ट, सुनिल न्यूरे, अमित शर्माले लेखेको फिल्मलाई चीजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भाक्रेल, सन्तोष चन्द्र भाक्रेलले निर्माण गरेका हुन।
पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा हिमाल केसीको द्वन्द्व, किङ योगीको करियोग्राफी तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।