दिपेन्द्र के खनालको निर्देशन तथा शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको फिल्म चिसो मान्छेको प्रदर्शन मिति तय गरिएको छ । यो सिनेमाको छायांकन पनि सुरु भएको छैन । तर, यसको टिमले पनि सिनेमा रिलिज हुने मिति नै तोकिदिएको छ । शर्मिला पाण्डे यो सिनेमाको निर्मात्री हुन् ।
यो सिनेमालाई आउँदो बर्षको भदौ ११ गते रिलिज गर्ने तयारी यसका निर्माताको छ । नेपाली फिल्मका धेरै निर्माताले सिनेमाको प्रदर्शन मिति बनाएर पनि तय गर्न सकेका छैनन् । तर, सिनेमा बजारमा चहलपहल ल्याउन तथा कोभिडको संक्रमण चाडै अन्त्य हुने आशाका साथ यो सिनेमाको प्रदर्शन मिति तय गरिएको छ ।
सिनेमा चिसो मान्छेले समाजको चिसो मानिसहरुको कथा भन्नेछ । दिपेन्द्रले चिसो मान्छे पछि सिनेमा लकडाउन बनाउनेछन् ।