अभिनेता सलिनमान बनियाँले प्रेमिकासँग बिहेको तयारी गरेका छन् । उनले फ्यानसँग कुरा गर्दै यसो भनेका हुन् ।
सलिनले लामो समयदेखि अस्प्रिना जीना श्रेष्ठको प्रेममा छन् । उनीहरुले आफूहरुको प्रेम लुकाएका छैनन् । यसैले पनि सलिनमान र जिनाले तस्वीर शेयर गरिरहेका हुन्छन् ।
सलिनमान बनियाँ र अस्प्रिनाले बिहे कहिले गर्छन् यो त खुलेको छैन । सलिनले कोभिडका कारण आफूले नयाँ सिनेमाको घोषणा गर्न नपाएको पनि बताएका छन् । तर, चाडै नै नयाँ सिनेमाको घोषणा गर्ने र दर्शकहरुका लागि केही सरप्राइज लिएर आउने तयारी आफ्नो रहेको सलिनमानले बताएका छन् ।
सलिनले फिल्म नगरेको डेढ बर्ष भयो । पहिलो फिल्म ए मेरो हजुर २ बाटै उनी स्टार भएका थिए ।