बलिउड अभिनेता अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । सुशान्त आत्महत्या प्रकरण छानबिन गर्दै गरेको ब्यूरोले यो प्रकरण ड्रग्ससँग जोडिएपछि रियालाई आज पक्राउ गरेको हो । उनलाई हिरासतमा राख्नु अघि आजै मेडिकल र कोरोना टेस्ट दुबै गरिने छ ।
रिया आज बयानका लागि एनसीबी कार्यलय पुगेकी थिइन् । रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो ।रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।
यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ । सुशान्तको आत्महत्यामा उनलाई उत्प्रेरित गरेको आरोप रियाले लगाएकी छिन् ।