अभिनेत्री बेनिशा हमालले नयाँ फिल्म खेल्ने पक्का भएको छ । उनी लामो समयदेखि पर्दामा देखिएकी थिइनन् । चलचित्र ‘घर’मा काम गरेपछि नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी थिइनन् । यो विचमा बेनिशाले आफैले अभिनय गरेका केही चलचित्रको सिक्वेलमा काम गर्ने चर्चा चलेपनि त्यो पक्का भएको छैन ।
बेनिशा भारतको मुम्बइमा चलचित्र मेकिङको अध्ययन गरिरहेकी थिइन् । तर, कोरोना भाइरस संक्रमण बढेसँगै भएको लकडाउनका कारण बेनिशा हमाल नेपाल आइन् ।
अब, भने बेनिशाले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेकी छिन् । नायिका बेनिशा हमालले चलचित्र ‘भाँडाकुटी’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको साथमा कलाकार मुकुन भुषालको मुख्य भूमिका रहनेछ ।
चलचित्रले जातीयताको कथा भन्ने वुझिएको छ । बेनिशाले चलचित्रको कथा राम्रो लागेपछि आफूले साइन गरेको सुनाइन् ।
यो चलचित्रको छायांकन फागुणबाट गर्ने योजना यसको निर्माणपक्षको छ । किरण बीकेको निर्देशनमा तयार हुने चलचित्रलाई लिएर बेनिशा उत्साहित छिन् ।