काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको पहलमा चलचित्रका पेशागत संघ संस्थाबाट नामाबली प्राप्त भएका चलचित्रकर्मीहरूलाई यही साउन २४ गते आइतबारदेखि कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा प्रदान गरिदै छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका कलाकार संघका पदाधिकारीहरुले प्रधानमन्त्री देउवासँग कोभिड बिरूद्धको खोपको माग गरेका थिए । प्रधानमन्त्रीको सचिवालय तथा अर्थ मन्त्री जनार्दन शर्माको निरन्तर सम्पर्कमा रहेकोे कलाकार संघले चलचित्रका पेशागत संघ संस्थामा आबद्ध चलचित्रकर्मीहरूलाई कोभिड बिरूद्धको खोप जुटाउन सफल भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बताए। नेपाल चलचित्र कलाकार संघ सदैब कलाकार तथा चलचित्रकर्मीहरू प्रति उत्तरदायित्व बहन गर्ने संस्था भएकोले चलचित्र कलाकारहरुको हक हितको रक्षा गर्न “कोरोना विरुद्धको खोप” को लागि पहल गरि खोप लगाउन लागिएको अध्यक्ष खड्काको कथन छ । भोलिको खोप कार्यक्रमलाई थप व्यवस्थित पार्न सनिवार चलचित्रका पेशागत संघ संस्थाहरुको बैठक बस्दैछ ।
यस अघि साउन २२ गते कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा प्रेस विज्ञप्ती प्रकाशित गरि खोप सम्बन्धि कार्यतालिका सार्बजनिक गरिको थियो । जस् अनुसार आइतबार बिहान ९ बजदेखि ललितपुरको पाटनढोकास्थित पुरानो अशोक सिनेमा हल (हालको अशोक पार्टी प्यालेस) मा खोप केन्द्र निर्धारण गरिएको छ । कलाकारहरूका लागि बिहान ९ बजे देखि १० बजे सम्मको समय तोकिएको छ । तेस्तै निर्माता तथा चलचित्र संघसंग आबद्ध चलचित्रकर्मीहरुलाई ११ बजे देखि १२ बजे सम्मको समय तोकिएको छ । प्राबिघिक संघसंग आबद्ध प्राविधिकहरूलाई १ बजे देखि २ बजे सम्म द्वन्द कलाकार संघ र नृत्य संघसंग आबद्ध चलचित्रकर्मीहरुलाई २ देखि ३ बजे सम्म निर्देशक समाज र सांगितिक संघसंग आबद्ध चलचित्रकर्मीहरुलाई ३ बजे देखि ३:३० सम्म र जनजाति महासंघ र अन्य संघ संस्थासंग आबद्ध चलचित्रकर्मीहरुलाई ३.३० बजे पछि तोकिएको सूचनामा उल्लेख छ । खोपका लागि नाम टिपाएका चलचित्रकर्मीले संस्थाको परिचयपत्र, नागरिकता वा परिचय खुल्ने कागजात साथमा लिएर आउनु हुन अनुरोध गरिएको छ ।
कलाकार संघको अनुरोधलाइ स्वीकार गर्दै “कोरोना विरुद्धको खोप” उपलब्ध गराउन विशेष भुमिका खेल्ने स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,चलचित्र बिकाश बोर्डका पदाधिकारीहरु लगायत यस कार्यक्रम संग जोडिएका सम्पुर्णलाई संघका अध्यक्ष खड्काले विशेष धन्यवाद ब्यक्त गरेका छन्।
स्मरण रहोस्, महिना दिन अगाडि चलचित्र विकास बोर्डले ३ हजार चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको थियो । विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई भेटेर यस्तो माग गरेका थिए । विकास बोर्डको मागमा स्वास्थ्य मन्त्री सकारात्मक रहेको बताइएपनि चलचित्र विकास बोर्डले त्यस समय चलचित्रकर्मीहरूलाई खोप उपलब्ध गराउन सकेको थिएन।