कान्स । ७५ औं संस्करणको फेस्टिभल दी कान्सले मंगलबार आफ्ना जुरी सदस्यको नाम सार्वजनिक गरेको छ । फ्रान्सका दिग्गज अभिनेता विन्सेन्ट लिण्डनलाई अध्यक्ष बनाइएको जुरीमा बलिउड अभिनेत्री दीपिका पादुकोण फेस्टिबलको जुरी मेम्बर प्यानलमा छिन् । फेस्टिभल १७ मेदेखि २८ मेसम्म चल्नेछ ।
दीपिकाले आफू कान्सको जुरी सदस्य भएको जानकारी आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेर दिएकी छन् । कान्सले आफ्नो विज्ञप्तीमा दीपिकालाई भारतको ठूलो निर्माता, समाजसेवी र अभिनेत्री भनेको छ ।
कामको कुरा गर्दा दीपिका प्रतिक्षित फिल्म ‘पठान’मा देखिँदैछिन् । यो फिल्ममा शाहरुख खान र जोन अब्राहमको पनि अभिनय छ । फिल्म आगामी वर्षको जनवरीमा गणतन्त्र सप्ताहका अवसरमा रिलिज हुँदैछ ।