मुम्बई(एजेन्सी) । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अमेरिकी फिलम ‘लक्ष्मण लोपेज’ले प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । क्रिसमसको थिममा आधारित फिल्मको निर्देशन रोबर्टो जिरौल्टले गर्नेछन् । फिल्मको सुटिङ अमेरिकामा यसै वर्षको अन्त्यसम्ममा शुरु हुनेछ ।
नवाजले फिल्मको कथा सुन्नासाथ आफूले तुरुन्तै सहमति जनाएको बताए । ‘स्टारका लागि क्रिसमसको थिममा आधारित फिल्ममा काम गर्नु भनेको केही फरक गर्नु हो । यहीकारण मैले यो फिल्मलाई तुरुन्तै सहमति जनाएँ । यो एक चुनौतीपूर्ण प्रोजेक्ट हो । जसको मैले जहिल्यै खोजी गरिरहेको थिएँ । मलाई फिल्मको नामले झन आकर्षित गर्यो’, उनले भनेका छन् ।
निर्देशक रोबर्टोले आफूले पहिलोपटक फिल्मको स्क्रिप्ट पढ्दा फिल्मका लागि नवाजुद्दीन नै मुख्य पात्र हुने तय गरेको खुलाए । उनले केही फिल्ममा आफूले नवाजुद्दीनको काम देखेकोले उनको कामबाट प्रभावित भएको दाबी गरे ।