मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा लामो समयदेखि प्रेममा छन् । उनीहरु प्राय आफ्नो सामाजिक सञ्जालमा फोटो राखिरहन्छन् । केही समययता उनीहरुको विवाह हुने चर्चाले बलिउड गर्माएको छ । उनीहरु निकट स्रोतका अनुसार यो जोडीले यसै वर्षको अन्त्यमा विवाह गर्ने योजना बनाएका छन् ।
आफुहरुको प्रेमलाई विवाहको माध्यमबाट नयाँ उचाइ दिने यो जोडीको योजना छ । यो जोडी चिसो मौसममा मुम्बईमा विवाह गर्दैछन् । किनकी मलाइका र अर्जुनलाई चिसो मौसम निकै मनपर्छ । उनीहरुले नोभेम्बर या डिसेम्बरमा साथीहरु, परिवारबीच गोप्य विवाहको योजना बनएका छन् ।
उनीहरुले विवाह पछि त्यसलाई औपचारिक रुपमा दर्ता गराएर विवाहको पार्टी गर्नेछन् । जुन पार्टीमा परिवारका निकट सदस्य तथा साथीभाईको मात्र उपस्थिति हुनेछ ।
उनीहरुको विवाहमा कपुर परिवारका सदस्यको पनि विशेष उपस्थिति हुनेछ । किनकी करीना कपूर खान मलाइकाको मिल्ने साथी हुन् । त्यहीकारण पनि कपुर परिवारको उपस्थिति विशेष हुनेछ ।