काठमाडौं । बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । कार्तिकको २५ गतेबाट रिलिज हुने यो फिल्मको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माणपक्षले बताएको छ ।
फिल्ममा रिस्ता बस्नेत, सुनिषा बजगाई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।
सुर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । फिल्ममा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।
फिल्म‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । फिल्मले युवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।