केही दिन अगाडी मात्र नेपाली चलचित्र ‘निर्भय’को छायाँकन सकाएका नायक निखिल उप्रेती आजबाट ‘राधे’ को छायाँकनमा व्यस्त भएका छन् । शुक्रबार चलचित्र राधेको काठमाडौंमा शुभुमुहुर्त गर्दै चलचित्रको छायाँकन सुरु भएको हो । शुशिल पोख्रेल निर्माता रहेको चलचित्रमा नायक उप्रेती पहिलो पटक अशिष्मा नकर्मी र नायिका प्रियंका कार्कीसँग एकसाथ स्क्रिन शेयर गर्दैछन् । यो चलचित्रमा निखिलले पहिलो पटक प्रियंका कार्कीसँग काम गर्न लागेका हुन् । जगदिश्वर थापाको लेखन र निर्देशन रहेको चलचित्र ‘राधे’ प्रेम र एक्शनमा आधारित रहेको निर्माता पोख्रेले जानकारी दिएका छन् ।
५ बर्षपछि नेपाली चलचित्रक्षेत्रमा ‘भैरव’ लिएर भित्रिएका निखिलले अनु शाह, नीशा अधिकारी, मलिना जोशी, वेनिशा हमाल, नीता ढुंगाना, अशिष्मा नकर्मीसँग काम गरिसकेका छन् ।