हाल एक बलीउड चलचित्रको छायाँकनमा व्यस्त नेपाली कलाकार सुनिल थापाले एक समयकी चर्चित अभिनेत्री विपना थापासँग भेट गरेका छन् । मथुरामा बलीउड चलचित्र ‘अनन्या’ को छायाँकनको बखत उनले विपना थापासँग भेट गरेका हुन् । उनले विपना थापाका श्रीमान आयुतोष भारद्वाज र विपनाको छोरासँग पनि केही समय विताएका थिए ।
मथुरामा रहेको विपनाको घरमा भएको भेटको तस्बिरहरु सुनिल थापा र नायिका विपना थापाले फेसबुकमा शेयर गरेका छन् । तस्बिरमा सुनिल थापा विपनाको छोरासँग निकै रुमाइलो गर्दै गरेको देख्न सकिन्छ । लामो समयदेखी नेपाली चलचित्रबाट टाढा रहेकी विपना थापासँग एक समय केही चलचित्रमा सुनिल थापाले पनि काम गरेका थिए । सुनिल थापासँग पारिवारिक कुराकानीसँगै विपनाले नेपाली चलचित्रको विषयमा कुराकानी गरेकी थिइन ।
बलीउड अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र मेरी कोममा अभिनय गरेपछि सुनिल थापालाई एकपछि अर्को गर्दै हिन्दी चलचित्रहरु हात परिरहेका छन् । केही महिना अगाडी मात्र राजधानीको मिनभवनमा एभरेष्ट फिल्म एकेडेमी सञ्चालनमा ल्याएका सुनिल बलीउड चलचित्र अनन्याको सकाएपछि मात्र नेपाल आउने तयारीमा रहेका छन् ।