करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’ को ट्रेलर सार्वजनिक भएपछि बलिउडमा यसको चर्चा पनि व्यापक भएको छ । पहिले यो फिल्ममा ऐश्वर्या राय बच्चन र रणवीर कपुरको ‘हट सिन’ छ भनेर प्रचार गरियो । तर, पछि यही विषयले विवाद निम्त्याएपछि फिल्मबाट त्यस्ता दृश्य हटाइए । ती दृश्य हटाउन अमिताभ बच्चनले नै करणलाई फोनमा अनुरोध गरेको कुरा पनि बाहिर आयो । अमिताभको अनुरोधमा फिल्मबाट ती दृश्य त हटाइयो, तर ट्रेलर हेरेपछि ऐश्वर्याका ससुरा अमिताभ अझै रिसाइरहेको रिपोर्ट सार्वजनिक भइरहेका छन् । यही कारण अमिताभ, अभिषेक र ऐश्वर्याबीच घरमा भनाभन भएको पनि भारतीय गसिप साइटहरूले प्राथमिकताका साथ छापेका छन् ।