प्राय जसो सधै विवादमा रहिरहने राधे माँ फेरी एकपटक विवादमा तानिएकी छिन् । यस पटक उनको एक पुरानो भक्त एमएम मिठाईवालाका मालिक मनमोहन गुप्ताले उनीमाथि घर कब्जा गर्ने कोशिस गरेको आरोप लगाएका छन् । उनीमाथि मुम्बईको बोरीवली पुलिस स्टेशनमा मुद्धा दर्ता भएको छ । बलीउडमा एक एक्ट्रेस यस्ती पनि छिन्, जसले फिल्म ओह माय गार्डमा राधे माँको जस्तै भुमिका निर्वाह गरेकी थिइन । हामी कुरा गरिरहेका छौ पूनम झावरको । गएको बर्ष पनि चारो र राधे माँको विवाद पनि चर्चामा थियो । त्यही बेला पूनमले ट्वीटरमार्फत एक फोटो अपलोड गर्दै लेखेकी थिइन, म हुँ असली राधे माँ । यसपछि नै उनी खुबै चर्चामा आएकी थिइन ।
को हुन् पूनम झावर ?
पूनमको जन्म १४ अगस्ट १९७६ मा मुम्बईमा भएको थियो । पूनमको परिवार राजस्थानमा बस्छन् तर उनी बच्चादेखी नै मुम्बईमा बस्दै आइरहेकी छिन् । पूनमले आफ्नो करियरको सुरुवात एक विज्ञापनबाट सुरु गरेकी थिइन । त्यसपछि उनले फिल्म मोहरामा मौका पाएकी थिइन । बलीउडमा आफुलाई स्थापित गराउनका लागि उनले केही आइटम नम्बरमा पनि काम गरेकी थिइन । उनलाई प्लेव्बाय पत्रिकामा हट फोटोशुपका लागि अफर पनि आएको थियो । तर उनले नकारेकी थिइन ।