आइटम गर्ल राखी सावन्तले हालै मात्र आफूले स्तनको प्लास्टिक सर्जरी गरेको खुलासा गरेकी छिन् । यही बिच उनले बलिउडका कलाकारहरुको शरीरमा गरिएको प्लास्टिक सर्जरीको प्लास्टिक जम्मा गरे आरामले तीनवटा ठूला ट्रक भरिने दाबीसमेत गरिन् । यसरी प्लास्टिक सर्जरी गर्ने उनी पहिलो बलिउडकी कलाकार भने होइनन् । कतिपयको प्लास्टिक सर्जरी सफल भएर राम्री देखिएका छन् भने कतिको भने सर्जरी बिग्रिएर कुरुप पनि बनेका छन् ।
१. अनुष्का शर्मा
चलचित्र रब ने बनादी जोडीबाट बलिउडमा प्रवेश गरेकी अनुष्काले आफ्नो ओँठको सर्जरी गरेकी छिन् । यद्यपि, उनले यस कुरालाई नकार्दै आइरहेकी छिन् ।
२. ईशा देओल
सन् २००२ मा बलिउडमा डेब्यु गरेकी इशा देओलले पनि आफ्नो ओठको सर्जरी गराएकी थिइन् ।
३. सोफिया हयात
बिगबोसबाट चर्चामा आएकी मोडल हयातले आफ्नो ओठको सर्जरी देखि ब्रेस्ट इम्प्लान्टसम्म गरेकी छिन् ।
४. कोइना मित्रा
अपना सपना मनी मनी, एक खिलाडी एक हसिना जस्तो चलचित्रमा काम गरेकी कोइना मित्राले सन् २०११ मा नाकको सर्जरी गरिन् । तर, उक्त सर्जरी बिग्रिएपछि उनी झन् कुरुप देखिइन् । यसले उनको करियरनै समाप्त गरिदियो । उक्त गल्ती सुधार्न उनले थप कयौं सर्जरी गर्नुपर्यो ।
५. मिनिष लाम्बा
मिनिष लाम्बाले आफ्नो नाकको सर्जरी गराएकी छिन् । पहिले र अहिलेको फोटो हेर्दा त्यो कुरा प्रष्ट देख्न सकिन्छ । सर्जरी पछि उनको लुक्सका पनि बदलाव आएको छ ।