आमिर खानको साथ ‘गजनी’ र अक्षयको साथ ‘होलिडे’ जस्ता सुपरहिट फिल्म बनाएका साउथका डायरेक्टर ए.आर.मुरुगदासले यस पटक बलीउड अभिनेत्री सोनाक्षी सिन्हालाई प्रमुख भुमिकामा लिएर ‘अकीरा’ बनाएका छन् । जुन अहिले भारतमा मात्र नभएर नेपालमा पनि प्रदर्शनमा भइरहेको छ ।
स्टार कास्ट : सोनाक्षी सिन्हा, अनुराग कश्यप
डायरेक्टर : ए.आर.मुरुगदास
प्रोड्यूसर : ए.आर.मुरुगदास, फक्स स्टार स्टूडियो
म्यूजिक : विशाल-शेखर
जनर : एक्शन-ड्रामा
कहानी
मुरुगदासको यो कहानी अकीरा (सोनाक्षी सिन्हा) को वरिपरी घुमेको छ, जो जोधपुरमा रहिरहेकी हुन्छिन् । अगाडीको पढाई गर्न उनी आफ्नो आमा बुबाको साथमा मुम्बई आउँछिन् र कलेज मा एडमिशन लिन्छिन् तर उनी रेगिङ्गको शिकार बन्छिन् । तर उनी बच्चादेखी नै मार्शल आर्ट्स सिकिरहेकी हुन्छिन् र अकीरा रेगिङ्ग लिनेको पलभरमै छुट्टी गरिदिन्छिन् । कहानी यसरी नै अगाडी बढिरहेको हुन्छ तर कुनै कारण उनी हत्याको अभियोगमा फस्छिन् र उनको सामना भष्ट्रचारी एसीपी बनेका अनुराग कश्यपसँग हुन्छ । जो अकीरालाई मार्न चाहन्छन् । के अकीरा आफुलाई बचाउनु सकिन्छन् त ? के अकीरा हत्याको अभियोगबाट बाहिर आउँछिन् ? यो कुरा जान्न हलसम्म नै जानु पर्छ ।
अभिनय
टिपिकल हीरोइनको इमेज छोडेर उनी यो फिल्ममा दबंगई गर्दै गरेको देखिएकी छिन् । पर्दामा ‘अकीरा’ बनेकी सोनाक्षी फुलअन एक्शन गर्दै गरेको देखिएकी छिन् । गुण्डा र पुलिससँग लड्दै गरेकी सोनाक्षीको अभिनयले तपाईको मन जित्न सक्छ । उनले अकीराको भुमिकामा उत्कृष्ट काम गरेकी छिन् । रिश्वतखोर एसीपीको भुमिका निर्वाह गरेका अनुराग कश्यप पनि निकै सुहाएका छन् । कोंकणा सेन, अमित साधले छोटो भुमिका निर्वाह गरेपनि उनीहरुको भुमिका उत्कृष्ट छ । फिल्मको सेकेण्ड हाफमा अक्षय कुमारको इन्ट्री सरप्राइज प्याकेज बनेर आएको छ ।
म्यूजिक
विशाल-शेखरले अकीरामा म्यूजिक दिएका छन् । फिल्मको गीतहरु कहानीसँग अगाडी बढेका छन् । यसको ब्याकग्राउण्ड स्कोर पनि निकै उत्कृष्ट छ ।
डायरेक्शन
मेल सेन्ट्रिक फिल्म ‘गजनी’ र ‘होलिडे’ बनाएपछि मुरुगदासले सोनाक्षीलाई लिएर अकीरा बनाएका हुन् । उनको मेहेनत फिल्म अकीरामा स्पष्ट देखिएको छ । फिल्म हेरेपछि यस्तो लाग्छ उनले ४ ५ कहानी मिलाएर स्टोरी तयार पारेका छन् । एक्शन, थ्रिलर, सस्पेन्स सबै भएपनि मुरुगदास फिल्ममा केही यूनिक पेश गर्न भने चुकेको देख्न सकिन्छ । तर उनले फिल्ममा गरेको मेहेनतले अकीरा दमदार बनेको छ ।
हेर्ने कि नर्हेने
सोनाक्षीको सबैभन्दा उत्कृष्ट फिल्म अकीरा हो भन्दा फरक नहोला । कंगना रनोटले ‘क्वीन’, प्रियंका चोपडाले ‘मेरीकोम’ र सोनम कपूरले ‘नीरजा’ मा सानदार काम गरेर वुमेन सेन्ट्रिक फिल्मलाई बढवा दिएका छन् । त्यही यात्रामा चल्दै सोनाक्षी पनि एक्शन फिल्म ‘अकीरा’ लिएर आएकी छिन् । यो फिल्म एक पटक सबैले हेर्नु पर्ने बनेको छ ।