गायक, संगीतकार एवं गजलकार सत्यराज आचार्यले एकल गजल एल्बम ‘मधुशाला’ को तेस्रो भिडियो सार्वजनिक गरेका छन् । आफ्नो छोरा संगीतराज आचार्यको जन्मदिनको अवसरमा ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ बोलको म्यूजिक भिडियो युट्युबवाट सार्वजनिक गरिएको हो । यस भिडियोको निर्देशन, छायांकन र सम्पादन स्कटल्याण्ड निवासी दिपेश रेग्मीले गरेका हुन् । भिडियोमा सत्यराज, निश्चल कार्की र प्रीथा भण्डारीले अभिनय गरेका छन् ।