प्राथमिक विद्यालयमा अध्यापन गराउने केही शिक्षकहरुको बिषयमा बन्न लागेको चलचित्र ‘कुम्भकरण’को शुभसाइत गर्दै छायांकन प्रारम्भ गरिएको छ । प्यूठानको प्रसिद्ध मन्दिर स्वर्गद्धारीमा चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रका कलाकार, प्राविधिकको उपस्थितीमा प्रस्तुतकर्ता एवं कलाकार आकाश पलले शुभसाइत गरेका थिए । हरी लामाको छायांकन रहने चलचित्रमा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा, निशा अधिकारी, प्रतिभा क्षेत्री, आकाश पल र सद्भाव थापा मुख्य कलाकारको रुपमा छन् । क्षितिज बस्नेतको निर्माणमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता रोम वली हुन् । आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दिपक वलीले निर्देशन गर्दैछन् ।