
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सकिएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो ।
निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा छायांकन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढि समय लागेको छ । अर्को वर्षको दशैंमा रिलिज हुने फिल्मको अबको केहीदिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । काभ्रेको पनौतिबाट छायांकन सुरु भएको फिल्मको त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायांकन गरिएको हो ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने फिल्ममा इशवर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।
बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने फिल्मको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।




