
काठमाडौं । गत फागुन १ गतेबाट रिलिज फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को गीत ‘मायालुको मुस्कान’ सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्ममा अभिनय गरेका मुख्य बालकलाकार कलाकार टिनएज अवस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा विक्रम कार्कीको संगीत र एरेञ्ज, निर्देशक सुदीपको शब्द तथा सन्देश पौडेलको स्वर छ ।
फिल्म रेञ्जको व्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।
पारिवारिक सम्बन्धको कथामा आधारित फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । फिल्मका गीतमा वसन्त र रञ्जीत गजमेरले संगीत दिएका छन् ।







