
काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को नयाँ फस्टलुक आइतबार सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा २७ चैत्रबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको केही समय अघि सार्वजनिक फर्स्टलुकमा प्रमुख अभिनेता सागर लम्साल मात्र थिए भने दोश्रो पोस्टरमा सागरका साथमा डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ ।
मोडलिङबाट करिअर सुरु गरेकी रोशनी २०२५ को मिस नेपाल प्रतियोगीताको अडिसनबाट एकाएक चर्चामा आएकी थिइन । अडिसन दिन गएकी रोशनीलाई मिस नेपालकी एक निर्णायक रचना गुरुङले औपचारिक परिचय नसोधीकनै सुरुमै उनको हातको बारेमा बताउन भनेको क्लिप सार्वजनीक भएको थियो । उक्त क्लिप एकाएक भाइरल भएको थियो ।
राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको फिल्ममा सागर लम्साल,रोशनी खड्का,रमेश बुढाथोकी,रबिन्द्र झा,हेमन्त बुढाथोकी,विशाल पाहाडी,कैलाश रावल,रबि गिरी,ध्रुव कोइराला,सावित्री चिलुवाल,आशा पौडेल,लक्ष्मीनाथ तिमिल्सिना,ओसीन भट्टराई,सुष्मा केसी,रामहरी खड्का,राजु गिरी,सुचेन्द्र परियारलगायत बालकलाकार काजोल,कंगना गिरी र रोनीश खड्काको अभिनय छ ।
कार्यबिनायक फिल्म्स र उषा फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्मातामा साबित्रा चिलुवाल,आषिक बस्नेत,आदर्श बस्नेत,निर्मला बस्नेत र सरिता पुरी गिरी छन । श्याम तामाङले खिचेको फिल्ममा अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमार थापाको संगीत,केशबराज भट्टको कोरियोग्राफी छ । नोभाइस आर्ट्सका राकेश दाहालको पब्लिसिटी डिजाइन रहेको फिल्मको सम्पादन गौतमराज खड्काले गरेका हुन । फिल्मलाई नेशनल सिने ग्रुप नेपालले बितरण गर्दैछ ।






