बुद्ध, मि एण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुटअग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञाभवनमा “बुद्ध, म र नेपालमनोरञ्जन साँझ २०७३“ नामक एक भब्य मनोरन्जनात्मक साँगितिक कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्ना चर्चित गीतहरु गाएर गरिन । उनको पछील्लो समयमा चर्चित रहेको तिज गीत ‘लास्टै चोटि हो’ लगायतका गीत दर्शकहरु संगै नाच्दै गाएकी थिईन । कार्यक्रममा चर्चित हास्यकलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतीले दर्शकलाई थपमनोरञ्जन प्रदान गरेको थियो । सुरेन्द्र के.सी., शिवशंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलक मनोरञ्जन दिएको थियो । कार्यक्रममा शंकर वि.सी. र पार्वती राईको नृत्यमा दर्शकहरु निकै रमाएका थिए । त्यस्तै राजेश पायल राइले आफ्ना चर्चित गीतगाएर थपमनोरन्जनप्रदान गरे । कार्यक्रम संचालनको जिम्मा लिएका हास्यकलाकार मनोज आचार्य र विल्सनविक्रम राईले पनि दर्शकहरुलाई पटकपटक हसाएको थियो ।