
काठमाडौं । प्रेमकथामा आधारित नेपाली फिल्म ‘प्रेम गीता’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो।
पोस्टरमा फिल्मका प्रमुख जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको प्रेमप्रधान कथा तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ
साजिदको यो डेब्यु फिल्म हो। फिल्ममा सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ,आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारहरूको पनि अभिनय छ ।
अर्नव बस्नेतको प्रस्तुती रहेको यस फिल्मको कथा सिताराम ढुङ्गेलको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन्। फिल्मका गीतमा संगीत दिप्सन लिम्बूले गरेका छन्। साथै डिओपी रामेश्वर हुमागाईँ,नृत्य निर्देशन सुरेश पाण्डेको छ। द्धन्द्ध निर्देशन किरण दाहालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन्। रङ संयोजन प्रबिन ढकाल तथा मिक्सिङ मुकेश शाहको रहेको निर्माण पक्षले जनाएको छ। यस फिल्मको सहायक निर्देशकका रुपमा सागर बोहोरा रहेका छन्। त्यसै यस फिल्मको चिफ एडीका रुपमा बिनयराज पौडेलले गरेका छन्।
निर्देशक बस्नेतका अनुसार फिल्मले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ। प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ।





