८९ औं अस्कर अवार्डका लागि नेपाली चलचित्र ‘कालो पोथी’ छनौट भएको छ । नेपालको अस्कर अवार्ड छनौट समितिले ‘विदेशी भाषी विधा’मा चलचित्र कालो पोथीलाई सिफारिस गरेको हो । गएको बर्ष दर्शकहरुले निकै रुचाएको चलचित्र कालो पोथीलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । केही दिन अगाडी मात्र अस्कर अवार्डमा सहभागी हुन ‘विदेशी भाषी विधा’ मा प्रतिस्पर्धाका लागि तीन नेपाली चलचित्र ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ र ‘को आफ्नो’ ले नाम दर्ता गराएका थिए । त्यस मध्येबाट ‘कालो पोथी’लाई छनौट गरिएको हो । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुरा गरेका कारण ‘कालो पोथी’ लाई छनौट गरिएको नेपालको अस्कर अवार्ड छनौट समितिका सचिव चिरन्जीवि गुरागाईले जानकारी दिए । ८९ औं अस्कर अवार्ड समारोह आगामी २०१७ फेबु्रअरी २६ का दिन अमेरिकाको लस एन्जल्समा आयोजना गरिनेछ।