नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई अष्ट्रेलीयन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले खेल तथा तालिमकालागि निमन्त्रणा गरेका छन्। लामिछानेले क्लार्कलेको क्रिकेट एकेडेमीमा तालिम लिनुका साथै क्लार्ककै क्रिकेट टिममा वेस्टर्न सवर्वसबाट सन् २०१६/ ०१७ को स्थानीय लिगमा खेल्ने छन्।
वेस्टर्न सवर्वसले आज एक विज्ञप्ती जारी गर्दै लामिछानेलाई क्लार्कलेले अष्ट्रेलियामा खेल तथा तालिमको लागि बोलाएको जनाएको छ।
‘सन्दीप एक उत्कृष्ट युवा खेलाडी हुन्। उनी आफ्नो प्रतिभालाई थप निखार्नको लागि मेरो एकेडेमिमा आउँदै छन्। उनीसँग काम गर्नका लागि म आतुर छु’, विज्ञप्तीमा क्लार्कलेले भनेका छन्। क्लार्कलेले गत मेमा हङकङमा सम्पन्न एक टी-२० प्रतियोगितामा सन्दीपलाई भेटेका थिए। -नागरिक