जेलबाट रिहा भएपछि अहिले संजय दत्तका फ्यानहरु उनको कमब्याक फिल्म हेर्न आतुर भइरहेका छन् । हालै खबर आएको अनुसार, उनी छिट्टै ‘मुन्नाभाई’ का निर्माता विधु विनोद चोपडाको आगामी चलचित्र ‘मार्को भाई’ बाट बलीउडमा कमब्याक गर्न गईरहेका छन् । यसपटक संजय दत्त ‘मुन्नाभाई’ पछि ‘मार्को भाऊ’ बन्नेछन् । चलचित्रको निर्देशन विधु विनोद चोपडाकि बहिनीशैलजा धरले गर्नेछिन् । खबरका अनुसार, यो चलचित्रको शूटिंग गोवा र चेन्नईमा हुनेछ । ‘मार्को भाऊ’ चलचित्रको कहानी बाबु-छोरीको इमोशनल सम्बन्धमा आधारित हुनेछ ।