निलम पौडेल
पर्दा पछाडीका ब्यक्तित्वहरुको कामको तारिफ गर्दै उनीहरुको काँधमा धाप मार्ने हिसाबले आयोजना गरिएको ‘एलजी फिल्म अवार्ड’ वुधबार राजधानीमा सम्पन्न भयो । तर अवार्डमा गजबका दृश्यहरु देख्न पाइयो । वर्षको सुरुवात देखी नै विभिन्न चलचित्रका अवार्डहरु विवादमा तानिरहेको बेला आयोजना गरिएको यस अवार्ड पनि विवाद रहित बन्न भने सकेन । सर-सर्ती हेर्ने हो भने धेरै विशिष्ट व्यक्तीत्वहरुको उपस्थिती रहेको उक्त अवार्ड केही हद सम्म आकर्षक नै देखिएको थियो । तर बिडम्बना त्यो आकर्षणले सबैको मन जित्न भने सकेन ।
निर्माता तथा निर्देशक दिनेश डिसीको प्रोडक्सन र सिनेमा सर्कल नेपालको आयोजनामा सम्पन्न भएको अवार्डमा उपराष्ट्रपति नन्दकिशोर पुन, बलीउड अभिनेता शत्रुघन सिन्हा लगायत धेरै विशिष्ट व्यक्तिहरुको सहभागीता थियो । आर्मी अफिसर्स क्लबको हलमा एक कार्यक्रम गर्दै सम्पन्न भएको अवार्डमा एक ‘बासी’ किताब समेत लन्च गरियो । ‘बासी’ यो कारण कि भारतमा गत जनावरीमै लन्च भैसकेको शत्रुघन सिन्हाको बायोग्राफी ‘एनिथिङ बट खामोश’ किताब अन्तरास्ट्रिय रुपमै पहिलो पटक भन्ने नाममा नेपालबाट लन्च गरिएको थियो । झन धेरै विवाद त त्यो किताब लन्च गराइने व्यक्तीको कारणले बन्यो ।
लन्चका लागि सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपस्थित गराइएको थियो । प्रोटोकल हेर्ने हो भने देशको दोश्रो वरियाका व्यक्तिलाई बिदेशी राजदुत, व्यापारी, बिदेशी कलाकार आदि सहित राखेर एउटै स्टेजमा सामुहिक विमोचन गराउन मिल्दैन । बरु यस्तो कार्यक्रमको विशेष अतिथिको रुपमा भने उपस्थित गराउन सकिन्छ । तर एक प्रतिष्ठित व्यक्ती, त्यस माथी पनि यति ठूलो कार्यक्रम आयोजक संस्थाले प्रोटोकल के हो बुझेको पाइएन । त्यति सम्माननिय व्यक्तिलाई ल्याउनु भन्दा पहिले त्यो सब कुराको बारेमा जानकार हुनु आवश्यक छ ।
कार्यक्रम आयोजना गर्नु मात्र ठूलो कुरा हैन, त्यसलाई भब्य-सब्य सहित विवाद रहित बनाउनु पनि एकदमै जरुरी छ । तर यहाँ त आयोजकको ज्ञानमा नै कमी भएको देखियो । हुन त यो कुरामा सम्माननिय उपराष्ट्रपतिले पनि बिचार गर्नु पर्ने थियो । यसरी सामुहिक रूपमा पुस्तक बिमोचन गर्नका निमित्त उपस्थित हुन थल्ने हो भने अरु सयौं पुस्तक बिमोचनका अफर नआउलान्न भन्न सकिन्न । यस हिसाबले उपराष्ट्रपति स्वयम आफुले पनि प्रोटोकलको विषयमा गम्भीर हुन जरुरी छ । साथ साथै उपराष्ट्रपतिले अफ्नो बडी ल्यांगवेजमा समेत ध्यान पुर्याउनु पर्ने जस्तो वुधबार अवार्ड कार्यक्रमका दृश्यहरुबाट पनि देखियो । उपराष्ट्रपति जस्तो सम्मानिय ब्यक्तिको हात अवार्ड लिँदा होस् वा दिँदा होस् माथी नै हुनुपर्छ तर वुधबार देखिएको दृश्यमा उपराष्ट्रपतिको हात नभई कार्यक्रम आयोजक दिनेश डिसीको हात माथी देखिएको थियो । यो देखिँदा सामान्य लागेपनि कुरा भने गम्भिर हो ।
त्यस्तै अवार्ड विवादमा तानिनुको अर्को कारण बन्यो ‘दशक अभिनेत्री’ को अवार्ड नायिका करिश्मा मानन्धरलाई प्रदान गर्नु । एक दशक यता नेपाली चलचित्र क्षेत्रमा उच्च योगदान गर्ने र बक्स ओफिसमा पनि सफल मानिएकी अभिनेत्रीलाई प्रदान गरिने सो अवार्ड यस्तो ब्यक्तिलाई दिइयो जसको एक दशकयता नेपाली चलचित्रमा कुनै योगदान नै छैन । दशकयता करिश्माको न कुनै चलचित्र सफल भयो न त कुनै चलचित्र क्षेत्रका अन्य क्रियाकलापमा नै उनको योगदान त्यस्तो स्मरणलायक देखियो ।
‘सन्तान’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी करिश्माले त्यस पछि पछाडी फर्कनु परेको थिएन तर ९ वर्ष अमेरिका बसेर फर्किए पछि उनिले पहिलेको जस्तो सफलता हात पार्न सकिनन् । कमब्याक स्वरुप उनिले केही फाट्टफुट्ट चलचित्रमा अभिनय संग-सगै आफैले चलचित्र निर्माण गरेपनी दुबैमा करिश्माले सोचे जस्तो सफलता हात पार्न भने सकिनन् । बरु उनी सुन्दरता र पहिरनका कारणले सधै चर्चामा रहिन् । साथै पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ‘नयाँ शक्ति पार्टी’मा आवद्ध भइ, त्यसको कार्यक्रममा कार्यक्रम संचालिकाको रुपमा चर्चित बनेकी हुन् । त्यति मात्र नभएर, वुधबार सम्पन्न अवार्ड समारोह मै सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपमान गरेर समेत चर्चामा आईनन् ।
उपराष्ट्रपति सहित बलीउड स्टार सत्रुघन सिन्हाको समुहले करिश्मालाई अवार्ड प्रदान गरेको थियो । उक्त समयमा करिश्माले अवार्ड थाप्नको निमित्त आफ्नु एक मात्र हात आघी सारेकी थिईन्न जबकी उपराष्ट्रपतिले आफ्नु दुबै हातले नायिकालाई अवार्ड दिएको देखियो । उनै करिश्मा मानन्धरलाई वुधबार पहिलो पटक आयोजना भएको ‘एल जि फिल्म अवार्ड’ समारोहमा ‘दशकि अभिनेत्री’ ठहराई अवार्ड दिनु कति सम्म सहि छ तरु यो कुरालाई लिएर केही चलचित्रकर्मीहरु बिच बहस शुरु भएको समेत पाइयो ।
अवार्ड अर्को कारणले समेत विवादमा तानिन पुग्यो । कारण थियो आयोजकको तर्फबाट उपराष्ट्रपतिलाई स्वागत गर्ने व्यक्तिले लगाएको लुगा । कार्यक्रममा उपस्थिती जनाउनको निमित्त तयार पारिएको निमन्त्रणा पत्रमा तलपटी प्रष्ट रुपमा ड्रेस कोड दिएको थियो । जसमा स्पष्ट रुपमा ‘विशिष्ट, औपचारिक वा सास्कृतिक’ लुगा भनिएको थियो । तर अवार्ड आयोजकले नै आफैले बनाएको नियमको पालना नगरेको वा भनुम आफैले त्यो कुराको बेवास्ता गरेको पाइयो ।
सम्माननिय उपराष्ट्रपतिलाई सु-स्वागत गर्नका निमित्त आयोजकको तर्फबाट खटाइएको व्यक्तिका पहिरन हेर्दा लाग्थ्यो कि त्यहाँ कुनै फेसन शो चलिरहेको थियो । त्यस्तो लुगा लाएर स्वागत गर्ने ति व्यक्ति अरु कोही नभएर आयोजक दिनेश डिसीकी सुपुत्री थिइन् । उनको पहिरन झट्ट हेर्दा केही हदसम्म आकर्षक भए पनि ड्रेस कोडको पालना भने उनले गरेकी थिइनन् ।
त्यस्तै अवार्ड प्रदान गर्न आएका नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियालाई कार्यक्रम उद्घोषक दिनेश डिसीले ‘हाम्रो नाम एउटै भएकोले म उहाँलाई मित भन्न रुचाउँछु’ भन्नु प्राथमिक तहको उद्घोषकले मर्यादा नबुझी उद्घोषण गरे जस्तो देखिन्थ्यो । सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई सरकारी प्रतिनिधीको रुपमा उक्त अवार्डमा बोलाइएको थियो तर उद्घोषक डिसीले सञ्चार सचिवलाई सम्बोधन गरेको भाषा सुन्दा सचिवको हैसियतमा नभइ साथीको हैसियतमा बोलाएको भान हुन्थ्यो ।