अभिनेत्री प्रियंका कार्की आफ्नो फरक फरक स्टाइलका लागि माहिर छिन् । उनले लगाउने पहिरनको बढी जसो चर्चा हुने गर्छ । गसिपका लागि सेक्सी ड्रेस लगाउने प्रियंका कहिले काहीँ भने पहिरनकै कारण पनि विवादमा तानिन्छिन् । केही बर्ष अगाडी ‘नाइँ नभन्नू ल २’ को एक कार्यक्रममा उनले लगाएको पहिरनले धोका दिएपछि उनी खुबै चर्चामा आएकी थिइन । सञ्चारमाध्यममा छाउनका लागि वेला बखतमा उनको क्रियाकलापहरुले पनि राम्रै स्थान पाइरहेका हुन्छन् ।
त्यस्तै आइतबार राजधानीको विग मुभिजमा एमालेका नेताहरुसँग ‘छक्का पन्जा’ को विशेष शो गरिएको थियो । विशेष शोमा एमालेका शिर्षस्थ नेताहरु सहभागी भएका थिए । आफु अभिनित चलचित्र ‘छक्का पन्जा’ को विशेष शोमा नायिका प्रियंका कार्की पनि देखिइनन् । उनको पहिरनले एकपटक पत्रकारहरुलाई मात्र होइन एमाले नेताहरुलाई पनि आर्कषित गर्यो । किनकी उनको पहिरन साधारण लागेपछि केही फरक खाल्को थियो ।
ग्रिन वन पिस अनि ठाउँ-ठाउँमा फाटेको ओभर साइज जिन्स ज्याकेटमा उनी ‘छक्का पन्जा’ को विशेष शोमा देखिएकी थिइन । उनले पूर्व प्रधानमन्त्री केपी ओलीसँग सेल्फी खिच्दै हात मिलाइन्। पत्रकारहरुका लागि थरिथरिका पोज पनि दिइन्। उनको उक्त पहिरन झट्ट हेर्दा बलीउड र हलीउड सेलिब्रेटीहरुले लगाउने जस्तो देखिन्थ्यो ।