तत्कालका लागि सामसङ कम्पनीले संसारभरिका ग्राहकहरुलाई बजारमा आएको ग्यालेक्सी नोट सेभेन नकिन्न आग्रह गरेको छ ।
कम्पनीले मोवाइल चार्ज गर्दा आगो लाग्ने र पड्कने समस्या देखिएपछि तत्कालका लागि सामसङ ग्यालेक्सी नोट सेभेन नकिन्न ग्राहकावर्गलाई अनुरोध गरेको हो ।
सामसङले आइतबार वेबसाइटमार्फत ग्राहकवर्गलाई जानकारी गराउँदै तत्काल ग्यालेक्सी नोट सेभेन नकिनिदिनु हुन भनि भन्दै आग्रह गरेको छ । कम्पनीले अहिले कुनै ग्राहकवर्गले सामसङ ग्यालेक्सी नोट सेभेन खरिद गर्नुभएको छ सो मोवाइल स्विच अफ गरि फिर्ता गर्नु भन्दै अनुरोध गरेको छ । उसले तत्काल सामसङ नोट सेभेनको विकल्पमा अर्कै मोवाइल खरिद गर्न आग्रह गरेको छ ।
यता,नेपालका लागि सामसङ मोवाइलका आधिकारीक विक्रेता दिपक मलहोत्रा हुन् । उनी विगत लामो समयदेखि यस क्षेत्रमा कार्यरत छन् । स्मरण रहोस, पटक पटक अनेक काण्डमा मुछिएका उनी राजनीतिक दलका नेताहरुलाई चन्दा बुझाएको भरमा छुट पाँउदै आएकाछन । अघिल्लो वर्ष मात्र भुकम्प पीडितका लागि कमसल त्रिपाल खरिद गरी उनी त्रिपाल काण्डमा समेत मुछिएका व्यक्ति हुन ।उता,उनको व्यवसायिक पार्टनर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग उठबस राम्रो भएका कारण अहिलेसम्म उनलाई कसैले छुन चलाउन सकेको छैन । -एस काठमाडौं