बलीउडस्टार सलमान खानकी पुर्व प्रेमी सोमी अली सानो छँदा यौनहिंसाको शिकार भएको खबर हालै बाहिर आएको छ । पाकिस्तानी मुलकी सोमीले आफ्नै घरमा काम गर्न राखेको व्यक्तिबाट यौन सिंसाको शिकार भएको बताएकी छिन् । बच्चाबेला नै पीडामा परेकी उनी विस्तारै बुझ्ने भएपछि पुरानो कुरा बिर्सिएर नयाँ जीन्दगी सुरु गरकेो बताउँछिन् । त्यसो त सोमीले पाकिस्तानमा बच्चा समयमा धेरै प्रकारको हिंसा सहनुपरेको र आफुले जस्तै थुप्रै किशोरीहरु यो प्रकारको घटनाको शिकार भएको समेत खुलाएकी छिन् । चुप, अग्निचक्र, आन्दोलन, तीसरा कौन, आओ प्यार करे लगाएतका चलचित्रहरुमा काम गरेकी उनी एकसमय सलमान खानसँग प्रेममा रहेकी थिइन ।