‘यूग देखी यूगसम्म’ चलचित्रबाट नेपाली रजतपटमा निर्माताको रुपमा हात हालेका छविराज ओझा अहिलेका सफल निर्माता हुन् । २५ बर्षदेखी निरन्तर रुपमा चलचित्र निर्माण गर्दै आइरहेका छविराज ओझा लगातार रुपमा चलचित्र निर्माण गर्ने एक्ला व्यक्ति हुन् । नेपाली चलचित्र क्षेत्र धरासायी हुँदै गर्दा छविराज ओझाले निर्माण गरेका प्रत्येक चलचित्रहरुले ब्लकबष्टर व्यापार गर्ने गर्थे र आजपनि त्यो निरन्तर छ । ‘यूग देखी यूगसम्म’ बाट कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ सम्म आइपुग्दा उनले दर्जनौ बढी कलाकार र प्राविधिकहरु जन्माइसकेका छन् ।
रेखा थापा, राजेश हमाल, आर्यन सिग्देल लगायतका कलाकारहरु छवि क्याम्पबाट भित्रिएका हुन्, जसले आज आफ्नो करियरलाई पछाडी फर्केर हेर्नु परेको छैन । यसै बिच केही बर्ष अगाडी मात्र छविराज ओझाले आफ्नो लगानीमा निर्माण गरेको चलचित्र लज्जाबाट शिल्पा पोख्रेललाई भित्राए । ‘लज्जा’ पछि छविराजले ‘हवल्दार सुन्तली’ बनाए र त्यसमा पनि उनले शिल्पालाई नै दोहोर्याए । ‘लज्जा’ र ‘हवल्दार सुन्त’ली सफल भएपछि छविराज ओझाले निर्माण गरेको अर्को चलचित्र हो, ‘किस्मत २’ । यो चलचित्र यसै दशैंलाई लक्षित गर्दै कार्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । जसमा पुन छविराज ओझाले शिल्पालाई नै दोरोर्याएका छन् ।
अहिले नेपाली सञ्चारमाध्यममा शिल्पा र छविराजको विवाहको चर्चा पनि खुबै चलेको छ । शिल्पाले विवाहको लागि ‘हुन्छ’ भने आफु तयार रहेको बताइसकेका छविराज ओझाले अहिले शिल्पाको जबाफ कुरेर बसिरहेका छन् । यही चर्चासँग चलचित्र ‘किस्मत २’ पनि जोडिएको छ । शिल्पा र छविराज ओझाको विवाहको चर्चा चलिरहँदा ‘किस्मत २’ को पनि प्रमोशन गज्जबले भइरहेको छ ।
भन्ने गरिन्छ नेपालमा स्टारकास्ट कलाकारको कारण चलचित्र चल्ने गर्छ तर छविराज ओझाको हकमा भने यो कुरा विल्कुलै लागु हुँदैन । किनकी छविराज ओझा आफैमा एक ब्राण्ड हुन्, जसको कारण चलचित्र चल्ने गर्छ । त्यस्तै छविराज प्रोडक्शनकै ब्यानरमा तयार भएको चलचित्रबाट रंगीन दुनियाँमा प्रवेश गरेकी शिल्पाले पनि आफुलाई अहिले एक सफल अभिनेत्रीको सूचीमा उभ्याइसकेकी छिन् । यसै कारण पनि ‘किस्मत २’ ले ब्लकबष्टर व्यापार गर्नेमा दुई मत छैन ।
नायिका शिल्पा पोख्रेलका अलवा यो चलचित्रमा पृथ्वीराज प्रसाई र किशोर खतिवडा मुख्य भुमिकामा छन् । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।