बलीउडस्टार सलमान खानले मुम्बइमा रहेको आफ्नो ‘ग्यालेक्सी अपार्टमेन्ट’ छाड्ने भएका छन् । ग्यालेक्सी अपार्टमेन्टमा सलमान आफ्ना बाबु सिम र दुई आमाहरू हेलेन तथा सलमा खानसँग बस्दै आएका छन्। भारतीय मिडियाका अनुसार सलमानले घर छाड्नुको मुख्य कारण, उनकी प्रेमिका लुलिया वन्तुर हुन् । लुलियाका लागि सलमानले नयाँ घर किनेका छन् र उनी चाडै नै त्यहाँ सिफ्ट हुँदैछन् । फिल्म फेयर पत्रिकाका अनुसार नयाँ घरको काम सक्किने बित्तिकै त्यहाँ सर्नेछन्। सलमानले ग्यालेक्सी अपार्टमेन्टको घर भने बिक्री गर्ने छैनन्। विगत ४० सालदेखि सलमान आफ्नो परिवारसहित यो अपार्टमेन्टमा बस्दै आएका छन् ।