अभिनेता इमरान हास्मीले अभिनेत्री ऐश्वर्या रायसँग माफी माग्न चाहेका छन् । उनले दुई वर्षअघि कफी विथ करण टक सोमा ऐश्वर्यालाई ‘प्लास्टिक’ भनेका थिए । जसकारण त्यहाँदेखि उनीहरूबीच सम्बन्ध चिसिएको खबर बलिउडमा खुबै चलेको थियो । मिलन लुथरियाको बादशाहो फिल्ममा इमरानका साथ अजय देवगण र ऐश्वर्याले पनि अभिनय गर्दै छिन् । तर, ऐश्वर्याले धेरै सिन इमरानसँग पर्ने भएकाले सो फिल्ममा अभिनय गर्न नाइँनास्ती गरिरहेकी छिन् । यो कुरा थाहा पाएर इमरान तनावमा छन् । ‘मैले मनसायगत रूपले ऐश्वर्यालाई त्यसो भन्न खोजेको होइन । मैले मजाकमजाकमा फ्याट्ट त्यो शब्द निकालेको थिएँ । म उनको ठूलो फ्यान हुँ । उनीसँग भेट भयो भने माफी माग्न तयार छु ।’