बलीउड अभिनेत्री करीना कपूरको केही दिनदेखी आफ्नो प्रेग्नेन्सीको खबरलाई लिएर निकै चर्चामा छिन् । उनले छोरा वा छोरी जे भएपनि आफुहरु खुसी हुने बताएकी छिन् । करीनाले एक कार्यक्रममा भनिन्, ‘म जहाँ जान्छु त्यहाँ मलाई यही कुरा मात्र सोधिन्छ, जो मेरो व्यक्तिगत मामिलामा दखल दिने गर्छन । मलाई र सैफ, हामी दुवैलाई यो सोधिन्छ कि छोरा हुन्छ कि छोरी ? के तपाईहरुले पत्ता लगाइसक्नु भयो ? मलाई भन्नु पर्छ कि माफ गर्नुस्, यसले के अर्थ राख्छ ।’ उनले फेरी अगाडी थप्दै भनिन्, ‘म पनि सन्तानको रुपमा एक छोरी हुँ र म छोरी नै होस् भन्ने चाहन्छु । मैले मेरो आमाबुबालाई एक छोरीभन्दा माथि रहेर काम गरेको छु ।’