आउँदो तिहारमा प्रदर्शन हुन लागेको चलचित्र ‘राधा’ को अर्को नयाँ गीत रिलिज भएको छ । ‘फूल सारा बेकार छन् जुन तारा बेकार छन्…’ बोलको गीतमा डा.कृष्णहरी बरालको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ भने स्वर चाँहि राजेश पायल राईको मात्र छ । कोरियोग्राफी कविराज गहतराजको हो भने सिनेमाटोग्राफी मान कृष्ण महर्जनको हो । गीतमा जीवन र सञ्चिताले आफ्नो प्रेमभाव पोखेका छन् । योगेश घिमिरेको निर्देशनमा बनेको यस चलचित्रमा सञ्चिता लुइँटेल र जीवन लुइँटेलले जोडी बाधेका छन् ।