फेशन गर्नुको लागि पर्फेक्ट सिजन हो समर सिजन । यो समर सिजनमा तपाईं पनि स्टाइलिश एव फेशनेबल देखिन चाहनु हुन्छ भने बदलिरहने ट्रेण्ड सँगै आफुलाई पनि बदल्नुहोस्, ट्रेण्डी बन्नुहोस । त्यसको लागि चलेको फेशन ट्रेण्ड एव कलर्स बारे जानकारी राख्नु होस् ।
यो समर सिजन हो ब्राइट एव बोल्ड कलर्स र सफ्ट न्युटल्सको ,त्यसैले यो ट्रेण्ड सँगै चल्नुको लागि यी कलर्सहरुलाई आफ्नो समर कलेक्सनमा शामेल गर्न आवश्यक हुन्छ । समरमा सबैभन्दा बढी कम्फर्टको ख्याल राख्नु पर्दछ ।जुन आउटफिटमा आफुलाई कम्फर्टेबल महसुस हुन्छ त्यहिँ आउटफिट सेलेक्ट गर्नु पर्दछ । ७० दशकको ग्लेमरस लुक पुन फेशनमा फर्केर आएको छ त्यसैले फेशनेबल ,ट्रेण्डी देखिन रेट्रो लुकलाई फलो गर्न आवश्यक छ । नी लेन्थ ड्रेसेस ,स्कर्टहरु एव हाइवेस्ट फ्लेयर पेन्ट्स यो समर फेशन ट्रेण्डमा सबैको फेवरेट च्वाइस बन्न पुगेको छ । त्यसका साथै यो समरमा वन शोल्डर ड्रेसेजहरु पनि बढी चलेको पाइएको छ । आफुलाई अझ बढी समरी एव ट्रेण्डी लुकमा ढाल्न लेशेस ड्रेसहरु ,क्रेपी एव कार्गोज ,शर्ट कटन स्कर्ट एव प्रिन्टेड हाफपेन्ट पनि पर्फेक्ट समर सेलेक्सनमा पर्न आउंछ । फर्मल लुकको लागि भने टेलर्ड ब्लेजर ,फिटेड कार्डियन र टाई प्रयोग गर्नु पर्ने हुन्छ त्यस्तै पार्टीको लागि शर्ट ट्युब ड्रेस या फ्लोई गाउन ,प्रिन्टटेड गाउन आदि ।
समर कलर्स
पेस्टल कलर समरमा बढी कुल देखिने भएकोले न्यु विंटेज लुकको लागि पेस्टल शेड्स शिल्की फेब्रिक सेलेक्ट गर्नु पर्ने हुन्छ । अन्य कलर्समा भने रेडको सबै शेड्सका साथै अरेन्ज ,कपर शेड्स एव अर्दी कलरहरु पनि पर्दछन् | फेशन एक्सपर्टहरुका अनुसार यंग र फ्रेश लुकको लागि सबै फ्लोरल कलर्स यो समरमा लोकप्रिय हुनेछ । ब्लेक कलर समरको लागि नभएपनि यो समरमा ब्लेक एव व्हाइट कम्बिनेशन ट्रेण्ड सुरु भैसकेको छ । यसको अलावा व्हाइट पिंक ,सनसाइन येलो ,इलेक्ट्रोनिक ब्लु ,नियान ग्रीन र न्युड शेड्स सबै समरको लागि पर्फेक्ट कलर हुन् । ग्लेमरस लुकको लागि ग्रे ,नेबी ब्लु ,वाइन कलर्स प्रयोग गर्न सकिन्छ भने सुदिंग लुकको लागि एक्वा ब्लु एव ओलिभ ग्रीन सेलेक्ट गर्नु पर्ने हुन्छ । लोटस एव रोज कलर्सलाई भने यो समर सिजनको लागि वाटर कलर्स या फ्रेश निब्सको शेड्स सँग कम्बाइन गरेर प्रयोग गर्दा राम्रो हुन्छ ।
समर प्रिन्ट्स
फ्लोरेल प्रिन्ट्सले यंग एव फ्रेश लुक दिने भएकोले समर सिजनमा फ्लोरल प्रिन्ट्सलाई आइडीयल मानिन्छ । अघिल्लो बर्ष जस्तै यो बर्ष पनि बर्ड फेदर प्रिन्ट फेशनमा हुनेछ । लेटेस्ट ट्रेण्ड सँग सँगै चल्नुको लागि पिकक ,बटरफ्लाई या कलरफुल बर्ड्सको प्रिन्ट सेलेक्ट गर्नु पर्ने हुन्छ । यसको अलावा एनिमल प्रिन्ट्स र फ्रुट प्रिन्ट्स पनि यो बर्षको समर फेशनमा हट च्वाइस हुनेछ जुन प्रिन्ट्सहरु ब्लाउज देखि लिएर अन्य आउटफिट एव ड्रेसहरुमा देखिन पाइनेछ । स्ट्राइप प्रिन्ट्स सदाबहार फेशनमा रहने हुनाले यो बर्ष पनि फेशन ट्रेण्डमा हुनेछ ।
समर एक्सेसरिज
समर सिजनमा भरसक कम भन्दा कम एक्सेसरिज प्रयोग गर्दा कम्फर्टेबल महसुस हुन्छ |ट्रेण्डी लुक देखियोस एव हेबी पनि नहोस ,त्यसको लागि स्मल स्क्वेयर बेल्ट बेगको प्रयोग गर्नु पर्छ । स्मल स्ट्रेपवाला ओबरसाइज हेन्डबेग र ओबरसाइज क्लच पनि यो बर्षको समर ट्रेण्डमा चलेको छ । समर सिजनमा फेमिनाइन .क्लासिक एव कम्फर्टेबलको लागि फुटवेयरमा किटन हिल्स सबैभन्दा परफेक्ट मानिन्छ । यसको अलावा कलरफुल चप्पलको प्रयोगले पनि आफ्नो स्टाइल स्टेटमेन्ट बनाउन सकिनेछ । ठुला ठुला फ्रेम भएका सनग्लासेस समरको लेटेस्ट एक्सेसरिजमा पर्न आउंछ,यसको प्रयोगले चर्को घाम बाट आँखाको सुरक्षाको साथै स्टाइलिश लुक पनि पाउन सकिन्छ । कलरफुल स्टोल्सलाई पनि एक्सेसरिज कलेक्सनमा राख्नु पर्ने हुन्छ । ज्वेलरीहरुमा भने बिग एव बोल्डको ट्रेण्ड चलेको छ ।बेंगल ,नेकलेस ,ककटेल रिंग , बिड्स होस या स्टोन सबैमा बोल्ड कलरफुल ट्रेण्ड फेशन वर्ल्डको हट च्वाइस बनेको छ ।
समर फेशन टिप्स
कुन ड्रेससँग के लगाउने ?
*हर्ट पेन्ट ,बोय शर्ट एव शर्टस
यी ड्रेसहरु हरु सँग मिनी स्कर्ट लगाउने । यदि फन मुडमा हुनुहुन्छ भने कलरफुल सक्सको प्रयोग गर्ने । यसमा समर ज्याकेटले तपाईंको लुकलाई नया स्टाइल दिनेछ ।
*प्रिन्टेड पेन्ट एव बोल्ड कलर्स
एब्सट्रेक ,फ्लोरल ,स्ट्राइप्स या ज्येमेट्रीक प्रिन्टेड पेन्ट सँग धेरै अब्सन छन् । डीफ्रेंट लुक चाहनु हुन्छ भने कन्ट्रास्ट प्रिन्टवाला टप सँग लगाउने र सिम्पल लुकको लागि सलिड कलरको टपसँग पेयर गर्ने । यी ड्रेसहरु सँग एक्सेसरिजमा ककटेल रिंग ,ब्राण्ड कफ र ब्राइट सिटेलेटोज प्रयोग गर्ने |यसमा आफ्नो लुकलाई टोन डाउन गर्नको लागि ज्याकेट लगाउने |
*जम्पसुट एव प्लेसुट
टेलर्ड जम्पसुट अफिसवेयरको लागि पर्फेक्ट हुन्छ जबकी शिल्क सिक्वेड जम्पसुट इभिनिङ लुकको लागि| ,यो आउटफिट सँग क्राफ्ड ज्याकेट एव स्टेटमेन्ट नेकपीस सँग टिमअप गर्ने ।
*गाउन ,ड्रेप ड्रेस एव न्युड शेड्स
यसलाई इभीनिंग वेयरको रुपमा प्रयोग गर्ने । अफ शोल्डर या वन शोल्डर ड्रेस स्टाइलिश देखिने हुन्छ ।
यस्ता आउटफिटमा एम्बलिस्मेंटलाई भरसक कम गर्ने । वेज ,डल गोल्ड ,स्लेटि एव आइवरी कलर सेलेक्ट गर्ने ।
प्रस्तुती :जयन सुब्बा मानन्धर
मोडेल :सिमरन लुइटेल
तस्बिर :कमल श्रेष्ठ