बलिउड अभिनेत्री विद्या बालनलाई डेङ्गूको संक्रमण भएको छ। आफ्नो नयाँ प्रोजेक्टका लागि काम गरिरहेकी उनी स्वास्थ्य समस्याका कारण केही समय विश्राममा छिन्। हाल दुई फिल्मको सुटिङमा व्यस्त उनी ‘कहानी २’ को लागि अमेरिका पुगेकी थिइन्। अमेरिकाबाट फर्किएपछि उनलाई डेङ्गू भएको भारतीय मिडियाहरुले बताएका छन् । डाक्टरले उनलाई १० दिनसम्म ‘बेड रेस्ट’ का लागि सुझाव दिएका छन्। कहानी फिल्मको सिक्वेल ‘कहानी २’ मा विद्यासँग अर्जुन राम्पालले स्क्रिन शेयर गर्दैछन्।