बलीउड अभिनेत्री सुरवीन चावलाले आफ्नो बोल्ड अन्दाजले बलीउडमा बेला बखतमा खुब धमका मच्चाइरहेकी हुन्छिन् । उनले पनि ‘कास्टिंग काउच’ को सामना गर्नु परेको छ । सुरवीनले फिल्म जगत गर्दाका केही यर्थाथ कुरा सार्वजनिक गरेकी छिन् । सुरवीनका अनुसार, उनले हिन्दी फिल्म इन्डस्ट्री मा कहिले पनि त्यस तरिकाको स्लीजी अफर्स मिलेन तर तमिल फिल्म इन्डस्ट्रीमा उनलाई यस्ता अफर मिलेको थियो । ‘त्यहाँ एक रोलका लागि मैले अडिशन दिएको थिए र मलाई सिलेक्ट गरियो । त्यो निकै ठूलो फिल्म थियो र यसका डायरेक्टरको हिन्दी बोल्न आउँदैन थियो । त्यही दौरान डायरेक्टरले साथीको मद्दत लिएर मलाई अफर दिइयो कि म डायरेक्टरसँग रात विताउँनु पर्छ । उनको साथीले मलाई भने -‘यदी तिमीले यस्तो गर्यौ भने फिल्ममा काम गर्ने मौका मिल्नेछ । त्यसै क्रममा मैले भने-‘नो थैंक्स।’ हालैमा सुरवीनलाई फिल्म ‘पार्च्ड’ मा डान्सर र सेक्स वर्करको भुमिका निभाएको देख्न सकिन्छ ।