बलीउड अभिनेत्री प्रियंका चोपडा इन्टरनेशनल स्टारको पहिचान बनाउन सफल बलीउड नायिका मध्ये एक हुन् । अमेरिकन स्पाई थ्रिलर टिभि सीरीज ‘क्वानटिको’ होस वा हलीउडमा डेब्यू चलचित्र ‘बेवोच’ उनि हरेक ठाँउ आफ्नो दमदार प्रस्तुती दिदै आएकी छन् । प्रियंकाका अनुसार उनि कुनै एक दायरेमा सीमित रहन चाहादिनन् । प्रियंका भन्छिन् , “म यस्तो कुनै पनि शो गर्न चाहान्न जसमा मैले आफ्नो प्रतिभा देखाउन पाउदिन । म भारतकै एक लीडिंग एक्ट्रेस मध्ये हु , यसैले म चाहान्छु जहाँ म काम गर्छु सो कुरा त्यहा पनि झलकियोस्।” क्वान्टिको शोमा एक एफबीआई एजेन्टको भुमिकामा देखिएकी अभिनेत्रीले भारतिय सञ्चारमाध्यसँग आफ्नो भविष्यको योजना बारेमा बताएकी छन् । प्रियंका भन्छिन्, ‘जे सुकै भए पनि उनि सन्तानको बिषयमा कुनै सम्झौता गर्ने छैनन् । साथै उनि थुप्रै बालबच्चा जन्माउन चाहान्छिन् । प्रियंकाले भनिन्, ‘म हलिउडमा पनि जमि सकेको छु । यसैले पनि सन्तानको बिषयमा म सम्झौता गर्न चाहन्न । मलाई धेरै बच्चा जन्माउनु छ, त्यसैले मलाई अहिले मिस्टर राइटको खाचो छ ।’