उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुईन’ को टीजर सार्वजनिक भएको छ । टीजरमा एक वृद्ध व्यक्तीको तुईन प्रयोगमा देखिएको पीडा झल्काईएको छ । धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिले पनि नदी वारपार गर्न तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई चलचित्र ‘तुईन’ मा उतारिएको निर्देशक थपलियाले जानकारी दिएका छन् । केहि बर्ष पहिले स्कुल पढ्न जाँदै गर्दा त्रिशुली नदिमा प्रयोग गरिएको तुईन चुडिएर धेरै वालवालिकाले ज्यान गुमाउन पुग्दा समेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर फिल्म तयार गरिएको निर्देशक थपलियाले बताए । अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया लिड अभिनयमा छन् ।
यो चलचित्र सृजना उप्रेतीले निर्माण गरेकी हुन् । निर्मात्री सृजनाले तत्काल सार्वजनिक प्रदर्शन भन्दा पनि देश विदेशमा हुने विभिन्न फिल्म महोत्सवहरुमा तुईन पुर्याउने भन्दै यसको च्यारिटी तथा रिलिजपछिको सम्पुर्ण मुनाफा विपतमा परेका वालवालिका तथा महिलाहरुको लागी खर्चिने बताईन् । चलचित्रको परिकल्पना अञ्जना वस्नेतको हो । आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ ।