आफुलाई मन परेको कलाकार हेर्ने रहर सबैलाई हुन्छ । त्यसमाथि सुटिङस्थलमै कलाकारलाई हेर्न चाहने कम हुँदैनन् । तर, यही कुराले कलाकारलाई समस्या हुन्छ । अहिले अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्ट यस्तै समस्यामा छन् । कतिसम्म भने यही कारणले उनीहरूको सुरक्षाका लागि सेक्युरिटी बढाउनुपरेको छ । यी दुई अहिले फिल्म ‘बद्रीनाथकी दुल्हनिया’को ‘सुटिङ’का लागि राजस्थानबाट निकै परको एउटा गाउँमा पुगेका छन् । तर, उनीहरूलाई सुटिङस्थलसम्म पुग्न पनि हम्मेहम्मे परेको छ । किनकि उनीहरूलाई हेर्न त्यहाँ दैनिक २० हजारभन्दा धेरै मानिस जम्मा हुने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यति ठूलो भीड जम्मा भएपछि उनीहरूको सुरक्षाका लागि सेक्युरिटी गार्ड्सको संख्या डबल गरिएको छ ।