एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लालटिन’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । । अडियोमा ‘चमेली’, ‘हुस्की’, ‘जिन्दगानी’, ‘कोववेव’ र ‘लालटिन’ बोलका शिर्ष सहित पाँच गीत समावेश छन् । गीतहरुमा विनोद ढकाल, किरण माइकल, डिजराज पौडेलको संगीत रहेको छ । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर तयार पारिएको गीतहरुले बजार तताउने सम्भावना देखिएको छ । चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
भानु प्रताप प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् । चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन छ । रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतीको रुपमा देखिदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ ।