सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, कुमार नगरकोटी, कमलमणी नेपाल, अनिल पाण्डे, हरिहर शर्मा लगाएतका कलाकारहरुलाई लिएर माधव वाग्ले र टेकेन खड्काले चलचित्र ‘लालपुर्जा’ निर्माण गर्ने भएका छन् । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्र ‘लालपुर्जा’ को निर्माण घोषणा गरेको छ । लमजुङको एक गाउँलाई मितेर गाउँ बनाएर चलचित्र ‘लालपुर्जा’ निर्माण गर्न लागिएको कार्यक्रममा चलचित्रका निर्देशक निगम श्रेष्ठले जानकारी दिए । उनले यसअघि ‘छड्के’ निर्देशन गरेका थिए ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र कामेश्वर चौरासियालाई मित लगाइएको थियो । एक अर्काले टाउको ठोकेर र माला लगाएर मित भएको घोषणा गरेका थिए । ‘लालपुर्जा’बाट नै नव-नायिका मिरुना मगरले डेव्यू गर्दैछिन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक निगम श्रेष्ठले मितेरी गाउँका दुई मित र उनीहरुको ‘लालपूर्जा’ को बिषयमा हुने लडाइलाई चलचित्रले प्रस्तुत गर्ने बताए । कुमार नगरकोटी अतिथी लेखक रहेको चलचित्रमा विक्रम सिंह र निगम श्रेष्ठको कथा, सुजित बिडारीको पटकथा, नरेन्द्र मैनालीको छायांकन रहनेछ ।