गायिका इन्दिरा जोशीको स्वरमा रहेको गीत ‘दुनियाँलाई देखाइदिन्थे’ सार्वजनिक भएको छ । सौगात आशकको शब्द सृजनामा रहेको यस गीतमा इश्वर खत्रीको संगीत रहेको छ । मनोज बि.क भावुकले संगीत संयोजन गरेको यस गीतको भिडियोलाई गीतकार सौगात आशकले निर्देशन तथा सम्पादन गरेका छन् । यस गीत तथा भिडियोमा चञ्चले युवतिको मायालाई सुन्दर रुपमा प्रस्तुत गरिएको छ । यस गीतको छायांकन अखिल बास्तोलाले गरेका छन् ।