बलीउडबाट अहिले हलीउड चलचित्रमा व्यस्त अभिनेत्री दीपिका पादुकोणले आफूलाई फिल्ममा निर्वाह गरेका पात्रहरूमा अमर हुने चाहना रहेको बताएकी छन्। दीपिकाले आफूलाई पात्रहरूमा अमर राख्ने भूमिका गर्न मनपर्ने बताइन्।
एक पत्रिकालाई इमेल अन्तरवार्तामा उनले भनिन्, ‘म राम्रो पटकथा भएको फिल्ममा काम गर्न चाहन्छु, जो वर्षैसम्म सम्झनामा रहोस्। सबै कथाहरूमा सुखान्त अन्त्य हुनैपर्ने आवश्यक छैन तर फिल्मले सधैं समाजलाई सकारात्मक प्रभाव छोड्न सक्नु पर्छ ।’
                                                                                               






