केही महिना देखी नायक सौगात मल्ल अफयेरमा रहेको हल्लाले खुबै चर्चा पाइरहेको छ । मोडल सोनी केसीसँग उनको अफयेरको हल्ला चलेको लामै समय भइसक्दा पनि उनले प्रेम सम्बन्धको विषयमा भने खासै खुलेर बोल्न चाहेका छैनन् । सोनी केसीले आफ्नो आधिकारीक फेसबुकमा अपलोड गर्ने फोटोहरु र स्टाटसहरुले सौगात सोनीसँगको प्रेमसम्बन्धमा रहेको स्पष्ट पार्छ तर सौगात आफु प्रेम सम्बन्धमा रहेको बताउँन भने चाहदैनन् । सोनीले आफ्नो बर्थडे केकमा सौगात र आफ्नो फोटो राख्नु, सौगातलाई ट्याग गर्दै स्टाटसहरु लेख्नुले उनीहरु प्रेमसम्बन्धमा रहेको बताउँछ तर सौगात यो कुरालाई नकार्दै आफु अहिले कोहीसँग पनि अफयेरमा नरहेको बताउँछन् ।
एक अन्तर्वार्ताको क्रममा उनले सोनी केसीसँग उठबस गर्दैमा त्यसलाई प्रेमसम्बन्ध भन्न नमिल्ने बताए । उनले भने -‘म प्रेम सम्बन्धमा भएको भएँ खुसी-खुसी यो कुरा स्वीकार गर्थें तर मलाई नै थाहा नभई मिडियामा मेरो अफयेरको कुरा आउँदा निकै दुखी हुने गर्छु ।’ उनले अगाडी थप्दै भने -‘चाँडै सबैको सामु प्रेमिकालाई चिनाउने छु । तयारी गर्दैछु प्रतिक्षा गर्नुहोस् चाँडै म पनि प्रेममा छु भन्ने सुन्न पाउनु हुनेछ ।’ केही दिन अगाडी मात्र ‘लुट २’ को छायाँकन सकाएका सौगात अहिले ‘लालपूर्जा’ को छायाँकनमा व्यस्त छन् ।