१८ औं ईमेज अवार्ड शनिबार राजधानीको होटल सोल्टीमा सम्पन्न भएको छ । अवार्डमा चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ। यो अवार्डमा एसएमएस भोटका आधारमा विजेता चयन गरिएको हो । त्यस्तै १८ औं ईमेज अवार्डबाट यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट गायक मनोजराजले तथा महिला गायनको उपाधि ‘आकाश उही’बाट बानिका प्रधानले प्राप्त गरेकी छन् ।
कस-कसले जिते ईमेज अवार्ड :-
१. वर्षको सर्वोत्कृष्ट गीत : ‘गोरी भन्दा’
२. सर्वोत्कृष्ट एल्बम : ‘मधुशाला’
३. सर्वोत्कृष्ट संगीत : सत्यराज आचार्य
४. सर्वोत्कृष्ट गीत : रचनाकार रमेश बिजी
५. सर्वोत्कृष्ट गायक : अनिल सिंह
६. सर्वोत्कृष्ट गायिका : रेश्मा सुनवार
७. सर्वोत्कृष्ट नव कलाकार : अर्जन पाण्डे
८. सर्वोत्कृष्ट लोकदोहोरी गीत : नीता पुनमगर
९. सर्वोत्कृष्ट लोकगीत गायन : राजु ढुंगेल र नवीन ढुंगेल
१०. सर्वोत्कृष्ट लोकदोहोरी गीत गायन : कुमार पुन र प्रीति आले
११. सर्वोत्कृष्ट लोकगीत संकलन : बसन्त थापा
१२. सर्वोत्कृष्ट चलचित्र गीत : चलचित्र प्रेमगीत
१३. सर्वोत्कृष्ट संगीत संयोजन : गोपाल रसाइली
१४. सर्वोत्कृष्ट गीत मुद्रण : मित्र लामा
१५. राष्ट्रिय भावनाले ओतप्रोत गीत रचना : धमेन्द्र सेवान
१६. समूह गायन : रोविन शर्मा र बानिका प्रधान
१७. सर्वोत्कृष्ट भिडियो निर्देशक : सतिश श्रेष्ठ
१८. सर्वोत्कृष्ट म्युजिक भिडियो : नितिन थापा
१९. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार : अनिल के मानन्धर
२०. सर्वोत्कृष्ट भिडियो सम्पादन : टेकेन्द्र शाह
ईमेज अवार्डमा गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिएको छ । साढे ४ दशकदेखि सांगीतिक क्षेत्रमा रहेका बाँस्कोटाले साढे तीन सय चलचित्रमा संगीत दिएका छन् । उनलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो । २०७२ साल असार १ गतेदेखि २०७३ साल जेठ मसान्तसम्म आधिकारिकरुपमा प्रसारण भएका गीत–संगीतलाई १८औं ईमेज अवार्डमा समावेश गरिएको थियो ।