नायक राजेश हमाल गएको शुक्रबार भारतको शारदा विश्वविद्यालयमा पुगेर त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुसँग भेट गरेका छन् । नायक हमालले शनिबार दिल्लीमा भएको ‘क्विज मेनिया सीजन ५’ को संयोजकको भुमिका पनि निर्वाह गरेका छन् ।
शारदा विश्वविद्यालयका ज्वाईट रजिस्ट्रार अजित कुमारका अनुसार विश्वविद्यालयमा नेपालका ५०० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । आफ्नो देशका सुपरस्टार देखेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरु निकै खुसी भएका थिए । त्यहाँका स्थानीय पत्रिकाले कार्यक्रमका लागि पुगेका हमालको उपस्थितिलाई महत्त्वसाथ छापेका छन् । हमालले त्यहाँ आफू चण्डीगढ विश्वविद्यालयबाट एमए अध्ययन गरेको बताएका थिए । नायक हमालले नेपाली विद्यार्थीसँग खिचिएका फोटोहरू फेसबुकमा पनि शेयर गरेका छन् ।