‘टाइटनिक’ फिल्ममा कयौं बोल्ड सीन दिएकी केट विन्सलेटले आफ्नो जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले भनेकी छिन् कि बच्चामा उनी निकै मोटी थिइन् र यसकै कारण मान्छेहरु उनलाई मन पराउँदैन थिए । केट विन्सलेटका अनुसार, मोटोपनका कारण उनलाई धेरैले मन पराउँदैन थिए तर अभिनयमा सफलता हासिल गरेपनि उनले आफुलाई बदलेकी छिन् । टक शो टुडेमा उनले भनिन्, ‘म बच्चामा निकै मोटी थिएँ, त्यस बेला म स्कूलमा पढ्थें । खासमा केटीहरु मलाई मोटी भएकै कारण दुख दिने गर्थे ।’ उनले भनेकी छिन्, ‘मलाई जसले मोटी भएका कारण नराम्रो व्यबहार गर्थें अहिले मैले उनीहरुलाई अभिनय मार्फत जबाफ दिएको छु ।’
शानदार करियर, स्वस्थ बच्चा र खुसीयाली जीवन पाएर अहिले उनले आफुलाई बदलिसकेकी छिन् । केटले हालै आफ्नो इन्स्टाग्राम एकाउन्टमा केही हट तस्बिरहरु पनि शेयर गरेकी छिन् । क्लीवेज देखाउन देखी न्यूड पिक्ससम्म केटले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोस्ट गरिसकेकी छिन् ।