बलीउड तथा साउथ इण्डियन एक्ट्रेस श्वेता बसु प्रसाद प्रेममा परेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले यो कुराको स्वीकार गरेकी छिन् । उनले आफु दुई बर्षदेखी फिल्ममेकर रोहित मित्तलसँग डेट गरिरहेको बताएकी छिन् । श्वेताले भनिन्, ‘हामी आफ्नो रिलेशनशिप एन्जोय गर्दैछौ । अहिलेसम्म हामीले विवाहको विषयमा सोचेका छैनौं । तर हाम्रो सम्बन्ध राम्रो चलिरहेको छ । रोहितसँग मेरो पहिलो भेट फैंटम फिल्म्समा भएको थियो ।’ फैंटम फिल्म्समा स्क्रिप्ट कन्सलटेन्टमा रहेकी थिइन, श्वेता । श्वेता बसु अनुराग कश्यपको प्रोडक्शन हाउस फैंटम फिल्म्समा उत्कृष्ट स्क्रिप्ट कन्सलटेन्ट काम गरिसकेकी छिन् । रिपोर्ट्सका अनुसार, रोहित मित्तलले शर्ट फिल्म अटोहेडको डायरेक्ट गरिसकेका छन् । उनले फैंटम फिल्ममा पनि काम गरेका थिए । सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा एक सेक्स स्क्याण्डलमा श्वेता बसुको नाम जोडिएको थियो ।